दफा
प्रमाणपत्र दिने

दफा ५ बमोजिम व्यक्तिगत घटनाको सूचना दर्ता गर्नासाथ स्थानीय पंजिकाधिकारीले दफा ४ को उपदफा (१) मा तोकिएका व्यक्तिलाई निशुल्क दर्ताको प्रमाणपत्र दिनेछ । 

६क.  दर्ता गर्न तथा प्रमाणपत्र दिन नहुनेः (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम स्वतः बदर हुने विवाह लगायतका व्यक्तिगत घटनाको दर्ता गर्न तथा सोको प्रमाणपत्र दिनु हुँदैन।

(२) उपदफा (१) बमोजिम व्यक्तिगत घटना दर्ता गर्न ल्याएमा सो घटनाको बेग्लै अभिलेख राखी सो सम्बन्धमा प्रचलित कानून बमोजिमको कारबाही गर्न सम्बन्धित निकाय वा अधिकारी समक्ष पेश गर्नु पर्नेछ।

(३) यस दफामा लेखिएको कुनै कुराले स्वतः बदर हुने विवाहको परिणामबाट जन्मिएका शिशुको जन्म दर्ता गर्नु पर्ने विषयलाई प्रतिकूल असर पार्ने छैन।”